गर्मीका कारण पढाईमा असर परेको भन्दै दाङ जिल्लाको घोराही उपमहानगरपालिकाले ५ दिन विद्यालय बन्द गर्ने निर्णय गरेको छ।
घोराही उपमहानगर नगर शिक्षा समितिको मंगलबार बसेको बैठकले गर्मीले विद्यार्थीहरु बिरामी पर्न थालेको र विद्यालयमा उपस्थिति पनि न्यून हुँदै गएपछि यही जेठ १६ गते देखी २१ गते मंगलबार सम्म ५ दिन विद्यालय बन्द गर्ने निर्णय गरेको हो।
नगर शिक्षा समितिका अध्यक्ष नरुलाल चौधरीको अध्यक्षतामा बसेको बैठकले गर्मी बढ्दै जाँदा पढाई प्रभावित भएका सूचनाहरु आएपछि वर्षे बिदा कटाउने गरी ५ दिन सरकारी विद्यालयहरु बन्द गर्ने निर्णय भएको हो।
यस अघि निजि विद्यालयहरुले मंगलबारदेखि आगामी शुक्रबारसम्म गर्मी बिदा दिइसकेका छन्।