नवलपरासीको देवचुली नगरपालिका दुम्कौलीमा बिहीबार दिउसो यात्रु वहाक बस र ट्रक ठोक्किँदा तीनजनाको मृत्यु भएको छ । २० जना घाइते छन् ।
घाइतेमध्ये दुईजनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालयका नायब उपरीक्षक अर्जुन रानाभाटले जानकारी दिए । मृत्यु हुने सबै महिला छन् ।