साँझतिर मेघ गर्जनसहित वर्षा हुन सक्ने

साँझतिर मेघ गर्जनसहित वर्षा हुन सक्ने
समाज

आज दिउँसो देशका अधिकांश स्थानहरूमा आंशिकदेखि सामान्य वदली रही मध्य तथा पूर्वी भूभागका केही स्थानहरुमा र पश्चिमी पहाडी भूभागका थोरै स्थानहरुमा अपराह्नपछि वा साँझतिर मेघ गर्जनसहित हल्का वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाले जारी गरेको तीनदिने बुलेटिनमा आज राति देशका अधिकांश स्थानहरूमा आंशिकदेखि सामान्य बदली रही मध्य तथा पूर्वी भूभागका थोरै स्थानहरुमा र पश्चिमी पहाडी भूभागका केही स्थानमा मेघ गर्जनसहित वर्षाको सम्भावना रहेको उल्लेख छ ।

यसैगरी भोलि विहीबार दिउँसो देशका अधिकांश स्थानहरूमा आंशिक देखि सामान्य वदली रही पश्चिमी पहाडी भूभागका थोरै स्थान र मध्य तथा पुर्वी भूभागका केही स्थानहरुमा मेघ गर्जन, हावाहुरी सहित वर्षाको सम्भावना रहेको जनाइएको छ ।

Post Comment