अमेरिकाबाट काठमाडौं आएका शाह हतियारसहित पक्राउ

अमेरिकाबाट काठमाडौं आएका शाह हतियारसहित पक्राउ
समाज

कतार एयरलाइन्सको उडानबाट अमेरिका–दोहा हुँदै नेपाल आएका काठमाडौंका ३१ वर्षीय डिभेज शाहलाई प्रहरीले पेस्तोलसहित पक्राउ गरेको जनाएको छ ।

राहदानी नम्वर ११०९२२९६ बाहक शाहको साथबाट प्रहरीले पेस्तोल जस्तो बस्तु एक थान र प्लाष्टिक तथा मेटल जस्तो देखिने सेतो दाना भएको बोतल १ थान बरामद गरेको जनाएको छ ।

शाहलाई महानगरीय प्रहरी वृत्त गौशालामा राखेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Post Comment