काठमाडाैंमा युवतीमाथि सिरिन्ज आक्रमण गर्ने व्यक्ति पक्राउ

काठमाडाैंमा युवतीमाथि सिरिन्ज आक्रमण गर्ने व्यक्ति पक्राउ
समाज

उपत्यकामा युवतीमाथि सुई आक्रमण गर्ने अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ । महानगरीय प्रहरी परिसर काठमाडौंले बिहीबार राति १० बजे महाराजगन्जबाट उपत्यकामा ‘सूई आतंक’ मचाउने अभियुक्तलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा रामेछाम घर भइ हाल महाराजगन्जमा रेस्टुरेन्ट चलाउने सन्तोष कार्की रहेका छन ।

कार्कीलाई प्रहरीले विभिन्न यूवतीहरुलाई जथाभावी सूई घोच्दै हिडेको आरोपमा पक्राउ गरेको हो। अभियुक्त कार्कीले प्रारम्भिक बयानमा आफ्नो अपराध स्वीकार गरेको प्रहरी स्रोतले जनाएको छ। उनले रमाइलोका लागि त्यस्तो हर्कत गरेको बयान दिएका छन्।

उनी ५ वर्ष दुबई बसेर फर्किएका व्यक्ति हुन्। प्रहरीले आज दिउसो पत्रकार सम्मेलन गरेर उनलाई सार्वजनिक गर्ने बताएको छ ।

Post Comment