मकवानपुर जिल्ला घर भई पोखरा महानगरपालिका–१० रामबजारमा बस्ने ३५ बर्षिय रमेश नेपालीलाई २८ बर्षिया पत्नी लक्ष्मी नेपालीको हत्याको आरोपमा असार २५ गते प्रहरीले गिरफ्तार गरेको छ ।
गत असार १ गते पत्नीलाई औषधी गर्न जाने भन्दै पोखरा मनपा –२२ पुम्दिभुम्दिस्थित ठुल्ढुङगाको जंगलमा हत्या गरी फालेको अवस्थामा असार २५ गते बुधबार बिहान फेला प्रहरीले अस्थिपन्जर फेला पारेको कास्कीका प्रहरी प्रमुख एसपि दानबहादुर कार्कीले जानकारी दिए ।
सिद्धार्थ राजमार्ग करिब ५ सय मिटर तल पोखरा २२ पुम्दिभुम्दिको ठुल्ढुङगाको जंगलमा अस्थिपन्जर भेटिएको हो ।
कार्कीले परिवार कै सदस्यबाट महिलाको हत्या भएको थप अनुसन्धान भईरहेको बताए । शवलाई मुचुल्का गरी पोष्टमार्टमका लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा राखीएको प्रहरीले जानकारी दिएको छ ।