इलाका प्रहरी कार्यालय अनारमनीका हवल्दार डम्बर थापासहित तीन प्रहरी बिर्तामोडस्थित देवी पञ्चकन्या होटल एण्ड लजमा यौनकर्मी महिलासहित रंगेहात पक्राउ परेका छन् ।
इलाका प्रहरी कार्यालयका अनारमनीका डिएसपी मोहनकुमार थापालाई हवल्दार थापा केटीसँग निस्कदै गरेको रिपोर्टिङ भएकोले उनलाई विभागीय कारवाही शुरु गरिएको डिएसपी थापाले बताए । बिर्तामोडका केही होटल तथा लजमा यौनजन्य गतिविधि हुने गरेको गुनासो बढेपछि प्रहरीले होटलमा अनुगमन थालेको छ ।
बिर्तामोडकै नयाँ बसपार्कमा सञ्चालित एंग्रीब्वाई होटलका सञ्चालक राम तामाङलाई महिलालाई जबर्जस्ती गरेको आरोपमा मंगलवार पक्राउ गरिएको प्रहरीको भनाइ छ । उनका अनुसार तामाङले यौनजन्य गतिविधिमा संलग्न हुन बाध्य पार्दै कुटपिट गरेका थिए ।