बिधार्थी कुटपीट गर्ने शिक्षक पक्राउ

बिधार्थी कुटपीट गर्ने शिक्षक पक्राउ
समाज

पोखरा मनपा–२५ हेम्जास्थित हेम्जा बोर्डिङ स्कुलमा अध्ययनरत १४ वर्षीय बालकलाई कुटपिट गरेको आरोपमा प्रहरीले २७ वर्षीय शिक्षक श्रीराम त्रिपाठीलाई साउन ६ गते गिरफ्तार गरेको छ ।

साउन ५ गते गृहकार्य नगरेको भन्दै पीडित बालकलाई कुटपिट गरेको भन्दै पीडितले सोही दिन जिल्ला प्रहरी कार्यालय, कास्कीमा उजुरी दिएको थियो ।

पीडित पक्षको उजुरीपछि साउन ६ गते आरोपित शिक्षकलाई गिरफ्तार गरी अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय, कास्कीका डिएसपी राजकुमार केसीले जानकारी दिए ।

Post Comment