कोलोराडोमा रहेका नेपालीहरु बिच भेटघाट र एक आपसमा समन्वय तथा सद्भाव बढाउने उद्धेश्यले आयोजना गरिएको समर पिकनिक विभिन्न कार्यक्रम संगै शनीबार सम्पन्न भयो ।
रकी माउन्टेन फ्रेन्डस् अफ नेपालको आयोजनामा बोल्डर स्थित रमणीय पार्कमा आयोजित कार्यक्रममा सकृय संघ संस्थाका पदाधिकारी, बुद्धीजिवी, समाजसेवी, कवी कवयत्री, साना बाल बालिका, गायक, गायिका, व्यवसायी ,पत्रकार, गन्यमान्य तथा सर्वसाधारणको उपस्थिती रहेको थियो ।
कार्यक्रममा उपस्थित संघ संस्थाका अध्यक्ष तथा प्रतिनिधीहरु र गन्यमान्य, बुद्धीजिवीहरुलाई सुभकामना मन्तब्य राख्ने अवसर दिईएको थियो । शुभकामना मन्तब्य राख्ने बक्ताहरुले नेपाली नेपाली बिच भेटघाट तथा एक आपसमा समन्वय गर्ने वाताबरण बनाएकोमा आयोजक संस्थालाई धन्यवाद दिदै, यस्ता कार्यक्रमहरु संस्थाहरुले छुट्टा छुट्टै गर्नुको सट्टा सबै संघ संस्था मिलाएर कोलोराडोको एउटामात्र बृहत पिकनिक आयोजनागर्ने वातावरण सृजनागर्न सुझाव सहित सुभकामना दिएका थिए ।
यसरी सुभकामना मन्तब्य राख्ने बक्ताहरुमा हेल्पिङ हेण्डका अध्यक्ष नारायण श्रेष्ठ, नेपाली जनसम्पर्क समिती अमेरिकाका उपाध्यक्ष धर्मराज श्रेष्ठ, साहित्यकार ज्ञानेन्द्र गदाल, अन्तराष्ट्रिय नेपाली साहित्य समाज कोलोराडो च्याप्टरका अध्यक्ष कृष्णमुरारी ढुंगेल, संखुवासभा समाजका अध्यक्ष शान्ति श्रेष्ठ, नेपाली घरका उपाध्यक्ष नातिबाबु भट्ट, विश्वको सर्वाेच्च शिखर सगरमाथाका सफल आरोही रोहित श्रेष्ठ, प्रवासी नेपाली मन्च कोलोराडो च्याप्टरका अध्यक्ष श्याम श्रेष्ठ लगाएतका रहेका थिए ।
त्यस्तैगरी पिकनिक कार्यक्रमलाई थप मनोरञ्जनका साथै सबैलाई सकृय सहभागिता गराउन बिभिन्न चर्चित नेपाली लोकगीत बजाई सहभागी दिदी बहिनि दाजुभाईहरु लाई नाच्न उत्प्रेति गरिएको थियो । कार्यक्रममा केही कवि कवयत्रीहरुले कवीता, गजल वाचन गरि मनोरन्जन प्रदान गरेका थिए ।
आयोजक संस्थाको संयोजन तथा समन्वयमा बिभिन्न ५ किसिमका खेलकुद प्रतियोगिता समेत सम्पन्न भएको थियो । यसरी सञ्चालन भएका खेलकुद प्रतियोगिताहरुमा गल्फ, टेनिस, फुटबल ,भलीबल, बाई साईकल रेस लगायतका रहेका थिए । कार्यक्रममा खेलकुद प्रतियोगितामा प्रथम र द्धितिय हुने बिजयी प्रतियोगीहरुलाई आयोजक संस्थाका अध्यक्ष बिनोद त्रीपाठीले ट्रफी प्रदान गरि सम्मान गरेका थिए ।
बाल बालिका, बृद्ध, बृद्धा, युवा युवती सबै उमेरका व्यक्तिहरुको उत्साह जनक उपस्थिती रहेको उक्त कार्यक्रममा नेपालीको पहिचाहन झल्कने टोपी, साडी चोलो लगाएर आउने मानिसहरुको उपस्थिती उलेख्य रहेको थियो । ठूलो तालको नजिक रमणीय पार्कमा आयोजित कार्यक्रममा उपस्थित केही डुङ्गामा बसि तालको परिक्रमा गर्दै मनोरञ्जन लिएका थिए ।
पिकनिक स्थलमा प्रबेश शुल्क, टेण्ड, बेञ्च सबै बोल्डर कान्टीलेकाे सौजन्यमा उपलब्ध भएको थियो । पिकनिकमा बितरित खाना आयोजक संस्थाका पदाधिकारीहरुले संयूक्तरुपमा तयारगरी बितरण गरेका थिए ।
कार्यक्रम संस्थाका महासचिव विनय दाहालले संचालन गरेका थिए । कार्यक्रममा अध्यक्ष बिनोद त्रीपाठीले उपस्थित सकृय संघ संस्थाका पदाधिकारी, बुद्धीजिवी, समाजसेवी, कवी कवयत्री, बाल बालिका, गायक, गायिका, व्यवसायी ,पत्रकार, गन्यमान्य तथा सर्वसाधारण सबैलाई कार्यक्रम सफल बनाउन सहयोग गरेकोमा धन्यवाद दिएका थिए ।