३३ किलो सुनकाण्ड: उच्च अदालतको आदेश सर्वोच्चद्वारा सदर

३३ किलो सुनकाण्ड: उच्च अदालतको आदेश सर्वोच्चद्वारा सदर
समाज

३३ किलो सुन र सनम शाक्य हत्या प्रकरणमा संलग्न अभियुक्तमध्ये सर्वाेच्च अदालतले केहीलाई धरौटी तारिखमा छाड्न आदेश दिएको छ। सर्वाेच्चले प्रतिवादी महावीरप्रसाद गोल्यानलाई १० लाख रुपैयाँ धरौटीमा छोड्ने आदेश दिएको हो भने अन्यलाई उच्च अदालत विराटनगरले गरेको आदेश नै सदर गरेको छ ।

न्यायाधीश अनिलकुमार सिन्हा र सुष्मालता माथेमाको इजलासले सुन काण्डमा मुछिएका निलम्बित डीएसपी सञ्जय राउत, पूर्व एसएसपी श्यामबहादुर खत्री, भुजुङ गुरुङसहितका ३० अभियुक्तहरुलाई थुनामै राख्न आदेश दिएका हाे। यससँगै गोल्यान बाहेकका अभियुक्तहरू धरौटीमा रिहा हुन नपाउने भएका छन् ।

यसअघि अभियुक्तहरूलाई थुनामा नै राखेर मुद्दाको प्रक्रिया अघि बढाउन जिल्ला अदालत मोरङले दिएको आदेशविरुद्ध गोल्यान र डीएसपी सञ्जय राउत सहित सुनकाण्डका अभियुक्तहरू भुजुङ गुरुङ, लाक्पा शेर्पा, अममान डंगोल, तुलाराम थारू लगायतका उनीहरू जिल्ला अदालत मोरङले दिएको आदेशविरुद्ध उच्च अदालत पुगेका थिए । उच्च अदालत विराटनगरले जिल्ला अदालतकै आदेशलाई सदर गरेको थियो । सर्वाेच्चले पनि उच्च अदालतकै अादेश सदर गरेकाे हाे ।

एक वर्षअघि तस्करी भएको ३३ किलो सुनको तस्कर समुहले विभिन्न समयमा ३८ क्विन्टल सुन तस्करी गरी नेपाल भित्र्याएको सरकारले गठन गरेको टोलीले पत्ता लगाएको थियो । पछिल्लो पटक ल्याएको ३३ किलो सुन हराएपछि तस्करहरूले आफ्नै समूहका सनम शाक्यको हत्या गरेको खुलुको थियो । त्यसपछि घटनाले झनै उग्र रुप लिएको थियो ।

Post Comment