कहाँ पुग्यो पोखरा ३३ उपल्लो पूड़ी र तल्लो पूड़ीबाट अबैध काठ बरामदको कारवाही प्रक्रिया !

कहाँ पुग्यो पोखरा ३३ उपल्लो पूड़ी र तल्लो पूड़ीबाट अबैध काठ बरामदको कारवाही प्रक्रिया !
समाज

पोखरा महानगरपालिका ३३ उपल्लो पूड़ी र तल्लो पूड़ीबाट करीब ५/६ सय क्युफिट सालको काठ लुकाएर राखेको अवस्थामा भेटीएको एक हप्ता बढी भएको छ । उक्त काठ एक विशेष सूचनाको आधारमा डीभिजन बन कार्यालय पोखरा बाट गएको टोलीले बरामद गरेको हो ।

उपल्लो पूड़ीटारका केश बहादुर आलेको घर बाट र तल्लो पूडिटारका शंकर अधिकारीको घर छेउको अधिकारीकै बल्क कम्पनीमा राखिएको अवस्थामा काठ बरामद गरिएको बन कार्यालयबाट खटाइएका अधिकृत राम बहादुर बिकले जानकारी दिनुभएको थियो । केश बहादुर आले टोल विकास संस्थाका अध्यक्ष साथै स्कूल ब्यवस्थापन समितिका अध्यक्ष समेत हून् भने शंकर अधिकारी टोल बिकास, स्कूल ब्यवस्थापन साथै तल्लो पूड़ी सामुदायिक बनका अध्यक्ष समेत हून् ।

पूडिटार बरपौवा बाटो निर्माण गर्दा धारापानी सामुदायिक बनमा लडेका सालका रुख भित्री गठबंधनमा अबैध रूपले ब्यात्तिले लगेको धारापानीका एक स्थानियले बताएका थिए। समितिमा कुनै छलफल नभएको समेत उनले बताएका हून् ।
यसरी काठ बिक्री वितरण गर्नु अघि जिल्ला बनको सहमति साथै समितिको सहमति सहित टॉचा अनिवार्य लगाउनु पर्ने हुन्छ । तर उक्त काठमा कुनैपनी टॉचा नभएको पाहिएको थियो।

यता बन कार्यालयका डीएफओ राम काजी गुरुंगले अनुसन्धान अधिकृत राम बहादुर बिकलाई सम्पूर्ण जिम्मेवारी दिएको बताउनु भएको छ भने रामबहादुर आफुले काम कारवाही अगाडि बढाई रहेको जानकारी दिनुभयो । अनुसंधानको लागि सीडियोको साहायतामा अघि बढिरहेको र पहिलो, दोस्रो र तेस्रो पक्ष सँग बयान लिएपछि कुन किसिमको कारवाही गर्ने टुङ्गो लाग्ने उहाँको भनाइ थियो । जसमा शंकर अधिकारी र केसब आलेको बयान लीईसकेको समेत जानकारी बिकले दिनुभएको छ ।

Post Comment