दशैं टीका उत्तम साइत विहान १०ः३५ बजे

दशैं टीका उत्तम साइत विहान १०ः३५ बजे
समाज

हिन्दु धर्मावलम्बीहरुको महान् चाड दशैंको टीकाका साइत असोज २१ गते विहान १० बजेर ३५ मिनेटका लागि उत्तम मानिएको छ ।

शुक्रवार बसेको नेपाल पञ्चाङ्ग निर्णायक समितिको बैठकले दशैंको घटस्थापनादेखि विजया दशमीसम्मको साइत निर्धारण गरेको समितिका अध्यक्ष डा रामचन्द्र गौतमले जानकारी दिए ।

उनका अनुसार देवी विसर्जनको साइत भने विजयी दशमीको दिन २१ गते मंगलवार बिहान ८ बजेर ४५ मिनेट निर्धारण गरिएको छ ।

असोज १२ गते आइतबारदेखि शुरु हुने नवरात्रको पहिलो दिन घटस्थापनाको साइत भने बिहान १० बजेर ३५ मिनेट उत्तम रहेको गौतमले बताए ।

घटस्थापनाको दोस्रो दिन असोज १३ मा नेपाली सेनाको झण्डा फेर्ने साइत भने बिहान १० बजेर २५ मिनेटमा तोकिएको छ । पश्चिम दिशातर्फ फर्किर झण्डा फेर्दा उत्तम हुने गौतमको भनाइ छ ।

यस्तै, १६ गते पचली भैरवको यात्रा र १८ गते फूलपातीको समय बिहान ८ बजेर ५२ मिनेटका लागि तय गरिएको छ । १९ गते आइतबार महाअष्टमी र कालरात्री शुरु हुने छ । २० गते महानवमी र २१ गते विजया दशमी रहेको छ ।

Post Comment