क्लब भिक्ट्रीमा भीषण आगलागी

क्लब भिक्ट्रीमा भीषण आगलागी
समाज

काठमाडौँस्थित दरबारमार्गको एक क्लबमा आगलागी भएको छ । आइतवार साँझ क्लब भिक्ट्रीमा भिषण आगलागी भएको एक स्थानीयले जानकारी दिए ।

आगलागी हुनेबित्तिकै नियन्त्रणमा लिनका लागि काठमाडौँ महानगरपालिका र नेपाल प्रहरीले दमकल खटाएका छन् ।

आगलागी नियन्त्रणमा लिने प्रयास भइरहेको महानगरीय प्रहरी परिसरका प्रवक्ता डीएसपी होविन्द्र बोगटीले बताए ।

अहिलेसम्म क्षतिको यकिन विवरण आइसकेको छैन । आगलागी के कारणले भएको हो भन्ने अनुसन्धानमा प्रहरी जुटेको बोगटीको भनाइ छ ।

Post Comment