नयाँ दिल्लीको कोठीमा बेचिन लागेका दुई नेपाली महिलाको उद्धार

नयाँ दिल्लीको कोठीमा बेचिन लागेका दुई नेपाली महिलाको उद्धार
समाज

माइती नेपालको भारत शाखाले भारतको राजधानी नयाँ दिल्लीको कोठीमा बेच्न लागेको अवस्थामा दुई नेपाली महिलाको उद्धार गरेको छ ।

राम्रो काममा लगाइदिने भनी काभ्रेपलाञ्चोककी २५ वर्षीया रीता र झापाकी २५ वर्षीया सविनाको उद्धार गरिएको हो ।

माइती नेपालको भारतस्थित ट्रष्टकी सीता अधिकारीका अनुसार काठमाडौँ, वीरगञ्ज हुँदै भारतको नयाँ दिल्ली पु¥याइएका दुवै जनाको नेपाली दूतावास, भारतीय प्रहरी र समाजसेवी बालकृष्ण पाण्डेको सहयोगमा उद्धार गरिएको हो ।

उनीहरुलाई आज नेपाल फर्काउन लागिएको अधिकारीले बताए ।

Post Comment