डा.दीक्षितको फेरी दोहोर्याए : नेपालमा कोरोना संक्रमित छन्, थाहा नभएको मात्र हो !

डा.दीक्षितको फेरी दोहोर्याए : नेपालमा कोरोना संक्रमित छन्, थाहा नभएको मात्र हो !
समाज स्वास्थ्य

काठमाडौं, ६ चैत । वरिष्ठ चिधित्सक डा. सुन्दरमणी दीक्षितले नेपालमा कोरोनाको सं’क्रमितहरु रहेको दोहो¥याएका छन् । रिपोटर्स क्लवले बिहिबार आयोजना गरेको साक्षात्कार कार्यक्रममा बोल्दै डा. दीक्षितले सरकारले कतिपय विरामीलाई परीक्षणनै नगरी पठाउने गरेको बताएका हुन् । तीमध्येमा कोहि कोरोनाको बिरामी भएको हुनसक्ने बताएका हुन् ।

आवश्यक परीक्षण नहुँदा संक्रमित नदेखिएको भन्दै डा. दीक्षितले भने,‘कोरोना भाइरसको सं’क्रमित भएपनि अस्पतालबाट ८५ प्रतिशत रुघाखोकी लागेर हराउने र १२ प्रतिशतलाई जाँचै नगरी पठाइएको छ । डाक्टरको सिफारिस बिना आफुलाई शंका लागेमा जाँच्न पाउनुपर्छ, यसको सबै बन्दोबस्त मिलाउन म सरकारलाई आग्रह गर्दछु ।’

उनले सरकारले आवश्यकता अनुसार मात्र बिरामी जाँच्ने उपकरण मगाउने भनेकोमा आपत्ति जनाएका छन् । उनले राष्ट्रको ढुकुटीबाट तुरुन्त मेशीन (परिक्षण किट) ल्याउन आग्रह गरेका छन् । उनले,‘परीक्षण किट तत्काल ल्याउनुपर्छ, ढिलाई गर्ने होइन ।’

डा. दीक्षितले आवश्यक मेशीन फास्ट ट्रयाकबाट ल्याउन पनि सरकारलाई सल्लाह दिएका छन् । दिक्षितले हरेक नेपालीलाई स्वास्थ्यको अधिकार भएकोले रोग जाँच्न नपाएमा संविधानविपरित हुने भन्दै यस्तो आपतमा मेशीन नल्याउँदा जनता आक्रोसित भई सडकमा आउन बाध्य हुनेतर्फ पनि सचेत गराए ।

Post Comment