भोलि म‌ंगलबार बिहान ६ बजेदेखि पुरा नेपाल लकडाउन, घर बाहिर निस्कन नपाइने

भोलि म‌ंगलबार बिहान ६ बजेदेखि पुरा नेपाल लकडाउन, घर बाहिर निस्कन नपाइने
समाज

काठमाडौँ, १० चैत्र । कोभिड-१९ संक्रमण रोकथाम तथा नियन्त्रण गर्न नेपाल सरकारले भोलि म‌ंगलबार बिहान ६ बजेदेखि पुरा नेपालभर लकडाउन गर्ने निर्णय गरेको छ । उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्‍वर पोखरेलको संयोकत्वमा रहेको कोभिड-१९ संक्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको सोमबार बसेको बैठकले देशभर लक डाउन गर्ने निर्णय गरेको हो ।

लक डाउनमा सबै हवाइसेवा बन्द हुनेछन्। सुरक्षाकर्मी, स्वास्थ्यकर्मी जस्ता अत्यावश्यक सेवामा खटिएका तथा अनुमति प्राप्त व्यक्ति र सवारी साधनबाहेकको आवतजावत रोकिनेछ। फ्रान्सबाट कतार हुदै आएको एक विद्यार्थीमा कोरोना पोजिटिभ भेटीए पछी सरकारले कडा कदम चालेको हो ।

Post Comment