काठमाडौँ । नेपालमा थप एक जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ ।
स्वास्थ्य मन्त्रालयले आफ्नो आधिकारिक वेवसाइटमा अध्यावधिक गरेको तथ्यांकअनुसार शनिबार एक जनामा कोरोना संक्रमण देखिएको जनाएको छ ।
योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ३१ पुगेको छ । जसमध्ये ३ जना निको भएर घर फर्किएका छन् ।
मन्त्रालयका अनुसार संक्रमित ६५ वर्षीय पुरुष हुन् । उनी विराटनगरको भएको बुझिएको छ ।