युएस नेपाल न्युज, काठ्माण्डौ ।
सिन्धुपाल्चोक इन्द्रावती गा.पा.काका देव नारायण गिरि अहिले क्यान्सर रोग सङ्ग जुधिरहेका छ्न। बिगत चार बर्ष देखि उच्च रक्तचाप को औषधि सेवन गरिरहेको उनि अहिले लिम्फोमा (Lymphoma) क्यान्सरले थलिएको छन ।
सुरुमा बिर हस्पिटलमा जाँच गराएको उनको बर्सौ सम्म रोग पत्ता लागेन होलिस्टिक आयुर्वेदिकले निको हुने आसमा महिनौसम्म औसधि खादा निको नभयपछि बिर हस्पिटलमा भर्ना भएका हुन । र बिर हस्पिटलमा पनि रोग पत्ता लागेन ।बरु आफु थलिदै गएको र आफुसङ्ग भएको पैसा सकिएको बताउँछन् । उनि आफ्नो नाबालिका सहित पाँच सदस्य परिवारको साथ मा काठमाडौंमा बस्दै आएको छन ।
अहिले उनको तीन महिना देखि पाटन हस्पिटलमा उपचार भैरहेको छ । पाटन हस्पिटलको वरिष्ठ डा. मिपसाङ्ग सेर्पाले उनलाइ लिम्फोमा (Lyphoma) क्यान्सर रोग लागेको बताएको छ । कम्तिमा २ वर्ष सम्म प्रत्येक तिन हप्ताको अन्तरमा औसधि सेवन गर्नु पर्ने हाल प्रत्येक २१/२१ दिनमा किमो (Chemo Drugs) औसधि उपचार निरन्तर भैरहेको छ । उपचार गर्ने पैसा सकिएपछि उनि निरास छ्न । एक पटकमा १ लाखभन्दा बढी खर्च लाग्ने विरामि बताउँछन । आफुसङ भएको पैसा र गाउँको जग्गा बेचेर ल्याएको ९ लाख पैसा सकिएको बताउँछन ।
काठमाडौंको एक रेस्टुरेन्टमा सेकुरेटि गार्डको काम गरि परिवार पालिरहेको देव नारयणलाई लक डाउनले थप समस्या पारेको छ । एका तिर परिवार पाल्नु पर्ने र आफ्नो उपचार गर्नु पर्ने भएपछि उनलाई ठुलो आर्थिक संकट परेको विरामि कुरुवा दिनेश लामा बताउँछन । म बाँचे मेरो परिवार बचाउँछु भन्दै आर्थिक सहयोगको अपिल गरिरहेको देव नारायणलाई सामाजिक सन्जाल मार्फत आर्थिक सहयोग जुटाउन रामेछापको प्रेम लामा लागि परिरहेको छ । निरन्तर लक डाउनका कारण सहयोग गर्ने नेपाली मनहरुमा पुग्न समस्या भएको प्रेम लामा बताउँछन ।
बिस्व ब्यापि कोरोनाको संकट झेलिरहेको बिस्व जनमानस , नेपाल र नेपालि अहिले संकटमा परिरहेको छ । तेस्को प्रत्यक्ष असर दिर्घ रोगि क्यान्सर रोगिहरु बढि प्रभावमा परेको प्रेम लामा बताउँछ्न । सरकार ले दिर्घ रोगि हरुलाई निशुल्क उपचार गर्नु पर्ने र विशेष राहात पलब्ध गराउनु पर्ने धारणा व्यक्त गरेको छ । देव नारायण र उनको परिवारलाई सबै नेपालि मिलेर सहयोग गरिदिन प्रेम लामाले अनुरोध गरेको छ।
देव नारायण गिरिको एन.आई.सि. एसिया. कमलादी ब्रान्च बैंक खाता न. 3280431182524001 यो खाता न. मा जम्मा गर्नु भनेको छ । आफु निरन्तर सहयोग गर्ने र आफु सङ्गै मिलेर सहयोग गर्न चाहानेलाई सम्पर्क ९८६०२४५२७२ गर्न अनुरोध गरेको छ।