को हुन यी ? जसले किरा फट्याङ्ग्रा खान्छन

को हुन यी ? जसले किरा फट्याङ्ग्रा खान्छन
समाज

युएस नेपाल न्युज । काठमाडौंका बुद्ध तामाङ किरा फट्याङ्ग्रा खान्छन् । त्यो पनि नपकाई।

उनले किरा फट्याङ्ग्रा खान थालेको भने सानो उमेर देखि नै हो। गाउँका बुढापाकाले कस्ता जीव खाने र कस्ता नखाने भनेर सुनाएको उनलाई सम्झना छ। तर सानै उमेर किरा फट्याङ्ग्रा र वनस्पती खाँदा ‘रोगले समात्ला’ भन्दै उनलाई तीनै बुढापाकाले गाली गरे।

टेलिभिजनहरुमा उनले किरा र जीव जनावर खाइरहेको कार्यक्रम देखेपछि भने उनलाई पनि ‘खाए हुने रहेछ’ भन्ने हौसला मिल्यो।

उनी एनिमल प्लानेट र डिस्कभरी जस्ता ‘टेलिभिजन शो’ हेरेर हुर्किए।

त्यसयता उनले पानी पाइने, जंगलमा बस्ने धेरै जनावर र किरा फट्याङ्ग्रा खाएका छन्। उनले यसलाई आफ्नो शौखका रुपमा विकास गरेका छन्।

Post Comment