युएस नेपाल न्युज, काठमाण्डाै – पहिरोका कारण बन्द रहेकाे पृथ्वी राजमार्ग दुईतर्फी खुलेको छ । अविरल वर्षासँगै बिहान ९ बजे यो राजमार्गअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका ४ कुरिनटारमा पहिरो खस्दा पहिराे खस्दा सडक बन्द भएको थियो । एक्स्काभेटर लगाएर पहिरो हटाएपछि अहिले सडक पूर्णरुपमा खुलेको इलाका प्रहरी कार्यालय मुग्लिनले जानकारी दिएको छ । बिहान निरन्तर पानी परेकाले पहिरो हटाउन समय लागेको थियो ।
यस्तै पहिरोका कारण बिहानदेखि बन्द भएकाे सिद्धार्थ राजमार्ग भने अझै खुलेको छैन। पाल्पाको तिनाउ गाउँपालिका ३ हेडबक्समा सडकमाथिबाट खसेको पहिरोेका कारण बिहान १० बजेदेखि राजमार्गमा कुनै गाडी चल्न सकेका छैनन् । सडक खुलाउने प्रयास भइरहेको प्रहरीले जनाएको छ ।