युएस नेपाल न्युज, काठ्माण्डौ । मुग्लिन नारायणगढ सडक मर्मत सम्भारका लागि भन्दै दुई प्रकारको शुल्क लिने निर्णय भएको अर्थ तथा सञ्चार मन्त्री डाक्टर युवराज खतिवडाले जानकारी दिनुभयो ।
हलुका गाडीका लागि प्रतिटिप २५ रुपैयाँ र भारी गाडीका लागि ५५ रुपैयाँ तोकिएको छ । यो सडक प्रयोग गरेबापत भदौ १ गतेदेखि शुल्क लिइने सडक बोर्डका कार्यकारी निर्देशक कृष्णसिंह बस्नेतले जानकारी दिनुभयो ।
मोटरसाइकल र स्कुटरले भने शुल्क तिर्नु नपर्ने उहाँले बताउनुभयो ।