पहिरोको कारण ३५ परीवार बिस्थापीत

पहिरोको कारण ३५ परीवार बिस्थापीत
समाज

युएस नेपाल न्युज, डोटी – डोटीको सायल गाउँपालिका-२ भुर्केलाका ३५ परिवार विस्थापित भएका छन् । गाउँमाथि र तलबाट नै पहिरो आएपछि ३५ परिवार विस्थापित भएका हुन् ।

लगातार परेकाे पानीका कारण पहिरोले गाउँ नै जोखिममा पारेपछि घर छोडेर गाउँमाथिको अग्लो डाँडामा पाल टाँगेर बस्नुपरेको स्थानीय धर्मराज जोशीले बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘केही दिन यतादेखि परेको पानीले गाउँमाथि र तल पहिरो गएकाे छ । बस्ती नै पहिरोले बगाउने डर भएपछि ३५ परिवार विस्थापित​ भएका हुन् ।’

भुर्केला गाउँको चारैतिर पहिरो झरेकाले स्थानीयबासीमा त्रास उत्पन्न भएको अर्का स्थानीय तेज डुम्रेलले जानकारी दिनुभयो ।

गाउँमाथिबाट कुनै पनि बेला पहिरो खस्ने भएकाले गाउँबासीलाई सुरक्षित ठाउँमा सार्नु पर्ने स्थानीयको माग रहेको छ ।  विस्थापित भएकाहरु रातभरि जागै बस्ने गरेका छन् । गाउँमाथिबाट कुनै पनि बेला पहिरो खस्न सक्ने भन्दै उनीहरुले सुरक्षित ठाउँमा सार्न माग गरेका छन् ।

 

Post Comment