आफ्नै शरीरमा आगाे लगाउने क्वरेण्टीनका सुरक्षा गार्डकाे गयो ज्यान

आफ्नै शरीरमा आगाे लगाउने क्वरेण्टीनका सुरक्षा गार्डकाे गयो ज्यान
समाज

युएस नेपाल न्युज । रुपन्देहीको क्वरेण्टीनमा खटिएका एक सुरक्षा गार्डले आत्महत्या गरेका छन् । देवदह नगरपालिका ५ मितेरी टोलका २४ वर्षीय विपिन बस्यालयले आफ्नै शरीरमा आगाे लगाउँदा उनकाे जलेर ज्यान गएकाे हो ।

जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता खड्कबहादुर खत्रीका अनुसार वडा नम्बर ७ शीतल नगरकाे क्वरेण्टीनमा खटिएका सुरक्षा गार्ड बस्यालले बिहान ४ बजेतिर आफ्नाे शरीरमा मट्टीतेल खन्याएर आगो लगाएको अवस्थामा भेटिएका थिए । स्थानीय देवदह मेडिकल कलेजमा उपचार हुन नसकेपछि पाल्पा लैजाँदै गर्दा उनकाे बुटवलमा ज्यान गएकाे हाे ।

उनी मानसिक रोगका बिरामी भएकाे बताइएकाे छ । आगो लगाउनुका कारणबारे अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।

Post Comment