युएस नेपाल न्युज, काठमाण्डाै । काठमाण्डाैकाे गाेङ्गबु गणेशस्थान नजिकै एक पुरुषको शव भेटिएको छ ।
टाउको काटिएको अवस्थामा भेटिएको शवको अहिलेसम्म सनाखत हुन सकेको छैन । गोङ्गबु चोकबाट गणेशस्थान जाने बाटोमा टाउको विनाको शव भेटिएको हो । शव टुक्राटुक्रा पारेर सुटकेसमा फालिएको अवस्थामा भेटिएको हो ।
सुटकेसबाट रगत बगेको देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । सूचना पाएलगत्तै प्रहरी घटनास्थल पुगेको थियो । शव भेटिएको सुटकेसभन्दा टाउको केही पर भेटिएको प्रहरीले जनाएको छ । शव भेटिएपछि प्रहरी उच्च अधिकारी र फरेन्सिक डाक्टरको टोली घटनास्थल पुगेको थियो । शव भेटिएपछि तालिमप्राप्त कुकुरसमेत परिचालन गरिएको थियो ।
घटनाको अनुसन्धान गर्न महानगरीय प्रहरी परिसर काठमाण्डाै र महानगरीय अपराध महाशाखाको टोली परिचालन गरिएको छ । शव पोस्टमार्टमकाे लागि अस्पताल पठाइएको छ ।