युएस नेपाल न्युज, काठमाण्डाै । कोभिड–१९ को महामारीविरुद्ध लड्न भारतीय सेनाले नेपाली सेनालाई दश ‘आईसीयू भेन्टिलेटर’ उपहारस्वरुप प्रदान गरेको छ ।
नेपालका लागि भारतका राजदूत विनयमोहन क्वात्राले ती भेन्टिलेटर प्रधानसेनापति पूर्णचन्द्र थापालाई जङ्गी अड्डामा आइतबार आयोजित कार्यक्रममा प्रदान गर्नुभयो ।
दुई देशका सेनाबीच रही आएको निरन्तर मानवीय सहयोगअन्तर्गत भेन्टिलेटरहरू उपहारस्वरुप प्रदान गरिएको नेपालमा रहेकाे भारतीय राजदूतावासले जनाएको छ ।
हस्तान्तरणका क्रममा राजदूत क्वात्राले कोभिड–१९ विरुद्धकाे लडाइँमा विजय प्राप्तिका लागि नेपालका जनतालाई सबै आवश्यक सहयोग पुर्याउन भारत प्रतिबद्ध रहेको बताउनुभयो । प्रधानसेनापति थापाले स्वास्थ्य उपकरण प्रदान गरेकामा भारतीय सेनाप्रति आभार व्यक्त गर्नुभयो ।