कोरोना ठिक पार्छु भन्ने कृस्चियन धर्म गुरुको कोरोनाकै कारण मृत्यु

कोरोना ठिक पार्छु भन्ने कृस्चियन धर्म गुरुको कोरोनाकै कारण मृत्यु
समाज

युएस नेपाल न्युज, पोखरा । कोरोना निको पार्ने दाबी गर्दै प्रार्थना गराउने पोखरामा क्रियाशिल धर्म गुरुको कोरोनाकै कारण मृत्यु भएको छ ।
पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान कोभिड–१९ उपचार केन्द्रमा उपचाररत ६२ वर्षीय धर्म गुरुको मृत्यु भएको हो ।

मधुमेहका रोगीसमते रहेका उनको गएराति ११ः३५ बजे मृत्यु भएको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पश्चिमाञ्चल क्षेत्रीय अस्पताले जानकारी दिएको छ।

पोखरा महानगरपालिका–१९ का संक्रमित साउन १९ गते अस्पतालमा भर्ना भएका थिए । आइसीयूमा उपचाररत अवस्थामा संक्रमितको मृत्यु भएको अस्पतालले जनाएको छ । यी क्रिष्चियन धर्मगुरुले आफ्नै घरमा प्रार्थना चलाउँदै आएका थिए । उनको सम्पर्कमा आएका ६ जनामा पनि कोरोना संक्रमण पुष्टि भएको छ ।

पश्चिमाञ्चल क्षेत्रीय अस्पतालका अनुसार त्यस अस्पतालमा कोभिडबाट मृत्यु हुनेको संख्या यो सँगै ३ जना पुगेको छ ।

Post Comment