युएस नेपाल न्युज, बाजुरा । बुढीगंगा नदीमा आएको बाढीले बाजुराका विभिन्न बस्ती जोखिममा परेका छन् । बेलिबिज्र र झोलुङ्गे पुल बगेपछि आवतजावतमा समस्या भएको छ। बाढीले साफे–मार्तडी सडक पर्ने जडाङ्गाको बेलिब्रिज बगाएको हो । घागर, भौनेरा, रापकलगायत तटीय क्षेत्रका बस्तीमा क्षति पुगेको प्रहरीले जनाएको छ ।
उद्धारका लागि प्रहरी टोली जान सकेको छैन । गएराति जिल्लाबाट खटिएको टोली बडिमालिका नगरपालिकाको वडा नम्बर ९ को पहिरोका कारण रोकिएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।
धेरैपछि बुढीगंगा नदीमा ठूलो बाढी आएको स्थानीय बासिन्दाले बताएका छन् ।