पहिरोले घर भत्कीदा चार जनाको ज्यान गयो

पहिरोले घर भत्कीदा चार जनाको ज्यान गयो
समाज

युएस नेपाल न्युज, डोटी । डोटीको आदर्श गाउँपालिका-१ बाँझक कानीमा लगातार पानी परेर घर भत्किँदा एकै परिवारका चार जनाको ज्यान गएको छ । पाँच जना घाइते भएका छन् ।

स्थानीय लोगे लुहारको घर भत्किँदा, ३५ वर्षकी विष्ना लुहार, उनका छोरा ११ वर्षका पारस, छोरीहरु ७ वर्षकी सिरु र ४ वर्षकी जेनिसाको ज्यान गएको जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी प्रमुख तथा एसपी जनकराज पाण्डेले जानकारी दिनुभयो ।

घाइते ३३ वर्षका लोगे, उहाँकी आमा ५२ वर्षकी पाना, सासु ५६ वर्षकी घाङरी विक, सालो १३ वर्षका इन्द्र र २ वर्षकी छोरी अस्मिताको दिपायलमा रहेको शैलेश्वरी अस्पतालमा उपचार भइरहेको छ ।

सिलेटले छाएको तिनतले घर राति १ बजेतिर भत्किएको हो । अहिले शव निकाल्ने काम भइरहेको छ ।

Post Comment