युएस नेपाल न्युज । बागलुङ जिल्लाको तमानखोला गाउँपालिकाले पहिराले घरबार गुमाएका पानबहादुर रसाइलीको घर बनाइदिने भएको छ । यही साउन १२ गते राति अविरल वर्षाका कारण तमानखोला २ खोलेसबाङमा गएको पहिराले भत्किएको रसाइलीको घर गाउँपालिकाले निर्माण गरिदिने भएको गाउँपालिकाका अध्यक्ष जोकलाल बुढाले जानकारी दिए ।
पहिराका कारण रसाइलीको घर पुरिँदा उनकी श्रीमती हुमकुमारीको घाइते अवस्थामा उद्धार गरिएको थियो भने १३ वर्षीय छोरा खिमबहादुर र ११ वर्षीया छोरी रीताको मृत्यु भएको थियो । “पहिरोका कारण घर पुर्दा दुई सन्तान नै गुमाउनपु¥यो”, अध्यक्ष बुढाले भने, “दुई परिवार गुमाएको पीडा त छँदैछ, घरसमेत नरहेकाले घर बनाइदिने निर्णय गरेका छौंँ ।”