सरकारले भदौ १६ गतेदेखि उडान सुरु नगरे आन्दोलनमा जाने वायु सेवा सञ्चालकको चेतावनी

सरकारले भदौ १६ गतेदेखि उडान सुरु नगरे आन्दोलनमा जाने वायु सेवा सञ्चालकको चेतावनी
समाज

युएस नेपाल न्युज, काठमाण्डाै – सरकारले भदौ १६ गतेदेखि उडान सुरु नगरे आन्दोलनमा जाने वायु सेवा सञ्चालकले चेतावनी दिएका छन् ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टलाई पत्र पठाएर वायु सेवा सञ्चालक सङ्घ नेपाल (आओन) ले भदौ १६ गतेदेखि उडान नखोले आन्दोलनमा जान बाध्य हुने जनाएको छ ।

अहिलेसम्म सरकारका हरेक आदेशको पालना गर्दै जाँदा वायु सेवा कम्पनीले अरबाैँ रुपैयाँ घाटा व्यहाेरेकाे भन्दै आओनले सरकारले जारी गरेका सबै स्वास्थ्य मापदण्ड पूरा गर्ने भएकाले भदौ १६ गतेदेखि उडान गर्न पाउनुपर्ने मागसमेत गरेको छ । लामो समय उडान नहुँदा वायु सेवा व्यवसाय नै बन्द हुने अवस्थामा पुगेको सञ्चालकहरुको गुनासो छ ।

आन्तरिक वायुसेवा सञ्चालन गर्दैमा कोरोना सङ्क्रमण नफैलने र सरकारले परीक्षण गर्न चाहेमा एकै ठाउँमा सम्भव हुने आओनको भनाइ छ । टिकेटिङ सिस्टमबाट क्षण भरमै यात्रुको कन्ट्याक ट्रेसिङ गराउन मिल्ने भएकाले पनि वायु सेवा सञ्चालन गर्दा खतरा नभएको सञ्चालक सङ्घले जनाएको छ ।

सरकारले भदौ १६ गतेदेखि उडान सुरु नगरे आन्दोलनमा जाने वायु सेवा सञ्चालकले चेतावनी दिएका छन् ।

Post Comment