पाल्पाको तानसेन बजार सिल

पाल्पाको तानसेन बजार सिल
समाज

युएस नेपाल न्युज, पाल्पा । तानसेन नगरपालिका ४ की ४० वर्षीया महिलामा कोरोना सङ्क्रमण पुष्टि भएपछि तानसेन बजारका विभिन्न क्षेत्र सिल गरिएको छ ।

स्थानीय स्तरसम्म सङ्क्रमण फैलिन सक्ने भन्दै जिल्ला प्रशासन कार्यालय पाल्पाले  बिहीबार बेलुकी ८ बजेदेखि लागू हने गरी बजार क्षेत्र सिल गरेकाे हाे ।

तानसेन नगरपालिकाको पूर्वमा हुलाक चोक, पश्चिममा गौरीशङ्कर गेस्ट हाउस, उत्तरमा टक्सार माछा पसल, दक्षिणमा पेट्रोल पम्पको चारकिल्ला भित्रको विशाल बजार क्षेत्र सिल गरिएको हो । अर्को सूचना जारी नहुँदासम्म ती क्षेत्र सिल गरिएकाे प्रशासनले निकालेकाे विज्ञप्तिमा उल्लेख छ ।

Post Comment