युएस नेपाल न्युज, बारा । बारामा भारतीय मजदुरलाई प्रवेशमा राेक लगाइएकाे छ । प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पण्डितले बिहीबार एक सूचनामार्फत कोरोनाको महामारीलाई मध्यनजर गर्दै उद्योगहरुमा भारतीय कामदार राख्न प्रतिबन्ध लगाइएको जानकारी दिनुभएको छ ।
बाराका उद्योगहरुले कामदारका लागि उद्योग परिसरबाहिर आइसोलेशनको व्यवस्था मिलाउनुपर्ने र उद्योगका मजदुर तथा कर्मचारी र उनीहरुका परिवारको पीसीआर परीक्षणको व्यवस्थासमेत उद्योगले गर्नुपर्ने जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।