कालिकोटमा पहिरो ६ जना बेपत्ता

कालिकोटमा पहिरो ६ जना बेपत्ता
समाज

युएस नेपाल न्युज, कालीकोट । कालीकोटको महाबै गाउँपालिका-३ नकुमा पहिरो जाँदा ६ जना बालबालिका बेपत्ता भएका छन् ।

बिहीबार राति रजबहादुर बिष्टको घर पहिरोले पुरिँदा बिष्टका २ छोरी, दुई छोरा र बिष्टका दाजु डिलबहादुर बिष्टका २ छोरी पहिरोमा पुरिएको स्थानीय खेमबहादुर सिंहले बताउनुभयो ।

घटनास्थलमा स्थानीयले उद्धार गरिरहेका छन् । प्रहरी टोली घटनास्थलतर्फ पठाइएको जिल्ला प्रहरी कार्यालय कालीकोटका डीएसपी श्यामबाबु ओलीयाले बताउनुभयो ।

Post Comment