युएस नेपाल न्युज, काठमाण्डौ । काठमाण्डौको बानियाँटारमा एक युवकको हत्या भएको छ ।
गएराति धारिलो हतियारको प्रहारबाट काठमाण्डौको तारकेश्वर नगरपालिका लोलाङका २४ वर्षीय लक्ष्मण तामाङको हत्या भएको बानियाँटार प्रहरीले जनाएको छ ।
दुई समूहबीच झगडा हुँदा हत्या भएको प्रहरीले आशंका गरेको छ । प्रहरीले घटनाको अनुसन्धान थालेको छ ।