पहिरोमा परेर ज्यान गुमाएकाका परिवारले १ लाख रुपैयाँ पाउने

पहिरोमा परेर ज्यान गुमाएकाका परिवारले १ लाख रुपैयाँ पाउने
समाज

युएस नेपाल न्युज, सिन्धुपाल्चाेक । सिन्धुपाल्चोकको जुगल गाउँपालिका–२ लिदीमा पहिरोमा परेर ज्यान गुमाएकाका परिवारले १ लाख रुपैयाँ पाउने भएका छन् ।

जुगल विपत व्यवस्थापन समितिको बैठकले ज्यान गुमाएकाको परिवारलाई १ लाख रुपैयाँको दरले राहत रकम दिने निर्णय गरेको हो । काजकिरियाका लागि परिवारलाई तत्काल २५ हजार रुपैयाँ उपलब्ध गराइने गाउँपालिकाका अध्यक्ष होमनारायण श्रेष्ठले जानकारी दिनुभयो ।

Post Comment