रामपुरमा १२ गते सम्म लकडाउन

रामपुरमा १२ गते सम्म लकडाउन
समाज

पाल्पा, रामपुर । पाल्पाको रामपुर नगरपालिकामा १० दिनका लागि लकडाउन घोषणा गरिएको छ । नगरपालिकाको बैठकले मङ्गलबार राति १२ बजेदेखि भदौ १२ गते सम्मको लागि लकडाउन गर्ने निर्णय गरेको हो ।  नगरपालिकामा यातायात तथा बजार खुला भएपछि भिडभाड बढेको, भारत तथा तेस्रो देशबाट घर फर्किनेको सङ्ख्या थपिँद गएकाले कोरोना सङ्क्रमणको जोखिम बढेपछि नगरभित्र लकडाउन गर्ने निर्णय भएको नगरपालिकाले जनाएको छ।

लकडाउन अवधिमा अत्यावश्यक सेवा- औषधि, तरकारी र दुग्धजन्य  पसलह बिहान ५ बजेदेखि ९ बजेसम्म र साँझ ५ बजेदेखि ७ बजेसम्म खुला रहने जनाइएको छ ।

बैंक तथा वित्तीय संस्था पनि बिहान ११ देखि दिउँसो १ बजेसम्म खुला हुनेछन् । यसैगरी एम्बुलेन्स बाहेकका सवारी सञ्चालनमा रोक लगाइएको छ ।

रामपुर  नगरभित्र एक सय १७ जनामा कोरोना सङ्क्रमण पुष्टि भएप उनीहरु सबै निको भएर घर फर्किसकेका छन् ।

Post Comment