कैलालीमा १४ गतेसम्मका लागि निषेधाज्ञा जारी

कैलालीमा १४ गतेसम्मका लागि निषेधाज्ञा जारी
समाज

कैलाली – कैलालीमा बिहीबार राति १२ बजेदेखि १४ गतेसम्मका लागि निषेधाज्ञा जारी गरिएकाे छ । कैलालीका प्रमुख जिल्ला अधिकारी यज्ञराज बोहराको अध्यक्षतामा बसेको जिल्ला सङ्कट व्यवस्थापन समितिको बैठकले निषेधाज्ञा जारी गर्ने निर्णय गरेको हो ।

यस अवधिमा औषधि, खाद्यवस्तु र अत्यावश्यक वस्तु खरिदको कामका लागि बाहेक बाहिर निस्कन राेक लगाइएकाे छ अत्यावश्यक कामका लागि बाहिर निस्किँदा मास्क अनिवार्य लगाउन प्रशासन कार्यालयले आग्रह गरेकाे छ ।

अत्यावश्यक सामाग्री ढुवानी, स्वास्थ्यकर्मी र सुरक्षा निकाय बाहेक सवारी सञ्चालनमा रोक लगाइएको छ । सम्पूर्ण व्यापार व्यवसाय सञ्चालनमा पनि रोक लगाइएको छ । डिपार्टमेन्ट स्टोर, सैलुन, ब्युटी पार्लर, जिमखाना, फुटपाथमा सञ्चालन हुने व्यापार, होटल तथा रेस्टुरेन्ट खोल्न पाइने छैन ।

Post Comment