उपत्यका बाहिरका होटल व्यवसायीको पनि ‘पे क्वारेन्टिन’ को अवसरको माग

उपत्यका बाहिरका होटल व्यवसायीको पनि ‘पे क्वारेन्टिन’ को अवसरको माग
समाज

काठमाडौं । काठमाडौंका केही होटललाई सरकारले ‘पे–क्वारेन्टिन’ घोषणा गरेसँगै उपत्यका बाहिरका होटल व्यवसायीहरुले समेत त्यस्तो अवसरको माग गरेका छन् ।
कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका क्रममा चार महिनासम्म लकडाउन र हाल संक्रमण फैलावटका हिसाबले ‘हटस्पट’ मानिएका स्थानमा निषेधाज्ञा जारी गरिएका कारण पर्यटकीय गतिविधि ठप्प छ । पर्यटकीय गतिविधिका अभावमा सुनसान रहेका होटलहरु ‘पे क्वारेन्टिन’ का रुपमा प्रयोग गर्दा राहत पुग्ने व्यवसायीहरुको भनाइ छ। यद्यपी विभिन्न कारणले उपत्यकाबाहिर त्यस्तो सुविधा सहज नभएको जानकारहरु बताउँछन् । 

Post Comment