२ लाख ५५ हजार रकम सहित ४ जुवाडे पक्राउ

२ लाख ५५ हजार रकम सहित ४ जुवाडे पक्राउ
समाज

कैलाली । जुवातास खेलिरहेको अवस्थामा प्रहरीले ४ जना जुवाडेलाई पक्राउ गरेको छ । मंगलबार साँझ कैलालीको धनगढी उपमहानगरपालिका ३ मा रहेको रतन केसीको निर्माणाधिन घरमा जुवातास खेलिरहेको अवस्थामा उनीहरु पक्राउ परेका हुन् ।  जुवातास खेलिरहेको भन्ने गोप्य सूचनाको आधारमा वडा प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोली ले  २ लाख ५५ हजारसहित ४ जुवाडेलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कैलालीका सहायक प्रवक्ता एवम् प्रहरी निरीक्षक दानबहादुर रोकायाले  रातोपाटीलाई जानकारी दिए । पक्राउ परेका जुवाडेलाई जिल्ला प्रशासन कार्यालय कैलालीबाट म्याद थप गरि थप अनुसन्धान भइरहेको उनले बताए । 

Post Comment