युएस नेपाल न्युज, स्याङ्जा । स्याङ्जाको वालिङमा एम्बुलेन्स दुर्घटना हुँदा दुई जनाको ज्यान गएको छ । दुई जना घाइते भएका छन्।
काठमाण्डौमा बिरामी पुर्याएर गर्भवती लिएर फर्किएको बा २ झ ४०११ नम्बरकाे एम्बुलेन्स वालिङ ५ को मझकोटमा बिहान ४ बजे दुर्घटना भएको हो । दुर्घटनामा चापाकोट नगरपालिका वडा ९ का ३५ वर्षीय भानुभक्त गैरे र वडा नम्बर १० का श्याम पंगेनीको ज्यान गएको छ । दुर्घटनापछि घाइते भएका उनीहरुको उपचारका क्रममा गह्रौं प्राथमिक स्वास्थ्यचौकीमा ज्यान गएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रवक्ता राजेन्द्र अधिकारीले जानकारी दिनुभयो ।
घाइते चापाकोट नगरपालिका ९ का ३१ वर्षीय एम्बुलेन्स चालक सुरेन्द्र भण्डारी, त्यही ठाउँकी २८ वर्षीया पवित्रा पोखरेललाई उपचारका लागि पोखरा पठाइएको प्रहरीले जनाएको छ । घाइते पवित्रा गर्भवती रहेको र गाउँमा सुत्केरी हुनका लागि काठमाण्डौबाट गएको प्रहरीको भनाइ छ । एम्बुलेन्स सडकबाट झण्डै २ सय ५० मिटर तल खसेको थियो । दुर्घटनाको कारण खुलेको छैन ।