भोजको आयोजना गर्नेनै संक्रमित, ७० जनाको स्वाब संकलन गरियो

भोजको आयोजना गर्नेनै संक्रमित, ७० जनाको स्वाब संकलन गरियो
समाज

युएस नेपाल न्युज, बाग्लुङ । बाग्लुङमा छोरी जन्मिएको खुसीयालीमा भोज आयोजना गर्ने व्यक्ति नै कोरोना सङ्क्रमित भएपछि भोजमा संलग्न ७० जनाको परीक्षणका लागि स्वाब सङ्कलन गरिएको छ ।

लमजुङबाट आएका न्वारन गर्ने छोरीका बुबालाई नै सङ्क्रमण पुष्टि भएपछि गलुवाका ७० जनाको स्वाब सङ्कलन गरिएको बाग्लुङ नगरपालिकाको स्वास्थ्य शाखाले जनाएको छ। सङ्क्रमितले भदौ १ गते छोरीको न्वारनमा गाउँलेलाई समेत बोलाएर भोज खुवाएका थिए। भोजमा पाहुना, आफन्तलगायतबाट ७० जना क्लोज कन्ट्याक्टका रुपमा सहभागी भएको पाइएको छ ।

स्वाब दिनेमध्ये केहीलाई ज्वरो आउने तथा श्वासप्रश्वासमा समस्या हुने र घाँटी दुख्नेजस्ता समस्या देखिन थालेको छ । नगरपालिकाभरि भोलिसम्म निषेधाज्ञा लागू गरिएको छ ।

शहरमा प्रहरीले निषेधाज्ञामा केही कडाइ गरे पनि गाउँघरमा भने निषेधाज्ञा उल्लङ्घन धेरै मात्रामा हुने गरेको छ  ।

Post Comment