कालीकोटमा पहिरोमा परेर ११ जना बेपत्ता

कालीकोटमा पहिरोमा परेर ११ जना बेपत्ता
समाज

कालीकोट । तिलागुफा नगरपालिका वडा नं १ मा गएकाे पहिरोमा परेर ११ जना हराएका छन् । नाग्म बजारमा शनिबार राति पहिरो जाँदा एक जनाको घटनास्थलमा नै मृत्यु भएको छ ।

पहिरोमा पुरिएर शुभकालीका गाउँपालिका ५ वर्ष ५ का निराजन शाहीको मृत्यु भएको प्रदेश प्रहरी कार्यालय सुर्खेतका सूचना अधिकारी लोकनाथ तिमल्सिनाले बताउनु भयो ।

पहिरोमा पुरिएका तिलागुफा नगरपालिका ३ वर्ष ११ का अर्जुन हमाललाई जीवितै उद्धार गरी थप उपचारका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला लगिएको छ।

पहिरोमा परेकी हिमागाउँपालिकाकी ३५ वर्षीया पन्ना शाहीको जीवितै उद्धार गरिएको छ ।

Post Comment