निषेधाज्ञा: तीन जिल्लामा हट्यो

निषेधाज्ञा: तीन जिल्लामा हट्यो
समाज

काठमाण्डाै । गुल्मी, पाँचथर र कालीकोटमा निषेधाज्ञा हटेको छ ।

कोरोना संक्रमण फैलन नदिन सम्बन्धित जिल्ला प्रशासन कार्यालयले निषेधाज्ञा लागू गरेकामा संक्रमणको जोखिम घटेपछि
तीनवटा जिल्लामा हटेपछि निषेधाज्ञा भएको जिल्ला ४९ वटा भएका छन् । बिहानसम्मको तथ्याङ्क अनुसार ४९ जिल्लामध्ये ३९ वटा जिल्लामा पूर्ण र १० वटा जिल्लामा आंशिक निषेधाज्ञा रहेको गृह मन्त्रालयका सूचना अधिकारी प्रेमलाल लामिछानेले जानकारी दिनुभयो । बितेका केही दिनदेखि निषेधाज्ञा लगाउने जिल्ला थपिने क्रम घटेको छ । पूर्ण निषेधाज्ञा भएका जिल्लामा काठमाण्डौ उपत्यकाका तीन जिल्ला काठमाण्डाै, ललितपुर र भक्तपुरसहित सुनसरी, सर्लाही, स्याङ्जा, सिरहा, रौतहट, धनकुटा, पाल्पा, रामेछाप, दोलखा, नवलपरासी पूर्व, नवलपरासी पश्चिम, सिन्धुपाल्चोक र गोरखा रहेका छन। स्तै अर्घाखाँची, कास्की, डोल्पा, मोरङ, डोटी, कैलाली, प्यूठान, सप्तरी, धनुषा, पर्सा, महोत्तरी, बारा, दैलेख, कन्चनपुर, डडेल्धुरा, तेह्रथुम, संखुवासभा, रुपन्देही, चितवन, बैतडी, कपिलवस्तु, र दाङमा पनि पूर्ण निषेधाज्ञा रहेको छ ।आंशिक निषेधाज्ञा रहेका जिल्लाहरुमा नुवाकोट, जुम्ला, दार्चुला, झापा, मकवानपुर धादिङ, तनहुँ, बाग्लुङ, रुकुम पश्चिम र जाजरकोट रहेका छन् । सरकारले जिल्ला तथा पालिकाहरुमा निषेधाज्ञा लगाउन सक्ने अधिकार जिल्ला प्रशासन कार्यालयलाई दिएको छ । विभिन्न पालिकाले पनि आफ्नो क्षेत्रमा संक्रमणको जोखिम बढेमा निषेधाज्ञा लागू गर्नको लागि जिल्ला प्रशासन कार्यालयमा सिफारिस गर्छन् ।

Post Comment