रौतहट । रौतहटमा केहि दिनअघि हत्या तथा मृत्यु भएकाका दुबै पीडित परिवारलाई जनही ६ लाख रुपैयाँ सहयोगको घोषणा गरिएको छ। गत साउन ३२ गते हत्या भएका गरुडा नगरपालिका ८ जिंगडियाका निरञ्जनराम चमार र प्रहरी नियन्त्रणमा मृत्यु भएका सोही ठाउँका विजयरामको परिवारलाई ६–६ लाख रुपैयाँ सहयोग हुने भएको हो । आइतबार प्रदेश २ सरकारले मृतक दुबैजनाको परिवारलाई जनही ५ लाख रुपैया सहयोग गर्ने घोषणा गरेको छ । प्रदेश २ का आन्तरिक मामिला तथा कानुन मन्त्री ज्ञानेन्द्र यादवद्वारा हस्ताक्षरित प्रेस विज्ञप्तिमा दुबै परिवारलाई ५–५ लाख रुपैयाँ सहयोग उल्लेख गरिएको छ । त्यसैगरी प्रदेश २ का कृषि सहकारी मन्त्री योगेन्द्र यादव, गरुडा नगरप्रमुख ईनुराय यादव, रौतहटका सिडिओ ईन्द्रदेव यादव, उपमेयर रंगिलादेवी जयसवाल सहितको टोलीले मृतक निरञ्जनराम र विजजयरामको परिवारलाई भेटेर सान्त्वना दिएका छन ।