अभिभाबक नभएको मौका छोपी ९ वर्षीया बालिका बलत्कार गर्ने युवा पक्राउ

अभिभाबक नभएको मौका छोपी ९ वर्षीया बालिका बलत्कार गर्ने युवा पक्राउ
समाज

युएस नेपाल न्युज । पोखरामा अभिभाबक नभएको मौका छोपी ९ वर्षीया बालिका बलत्कार गर्ने युवालाई कास्की प्रहरीले स्याङ्जाबाट पक्राउ गरेका छन् । ती युवालाई पिडित बालिकाको परिवारले उजुरी हालेपछि पक्राउ गरिएको हो । बालिकाको परिवारले उजुरी हाल्ने सुइँको पाएपछि पिडक युवा आइतबार नै पोखराबाट स्याङ्जा हानिएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता डिएसपी सुभाष हमालले बताए ।

हमालका अनुसार ती बलत्कार आरोपी युवालाई स्याङ्जाको मिरुवाबाट कास्की प्रहरीले साँझ ८ बजेतिर पक्राउ गरेको थियो । उनलाई अहिले जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा राखिएको हमालले बताए ।

पिडकलाई जवरजस्ती करणी अभियोगमा मुद्दा चलाउने तयारी भइरहेको हमालले बताए ।

Post Comment