अर्घाखाँचीमा २४ गते सम्म लकाडाउन

अर्घाखाँचीमा २४ गते सम्म लकाडाउन
समाज

अर्घाखाँची । अर्घाखाँचीमा भदौ २४ गते राति १२ बजेसम्मका लागि लकडाउनको अवधि थपिएको छ ।

आज बुधबार बिहान जिल्ला प्रशासन कार्यालयमा बसेको जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्र (डीसीसीएमसी)को बैठकले लकडाउन थप गर्ने निर्णय गरेको सहायक प्रमुख जिल्ला अधिकारी बिक्रम थापाले बताउनुभयो ।

आज राति  १२ बजेसम्मको लागि यस अघि नै लकडाउन गरिएकोमा यसलाई बढाएर २४ गते राति १२ बजेसम्म लगिएको हो ।

तराईसँग सीमाना जोडिएका छिमेकी जिल्ला रुपन्देही, कपिलवस्तुमा दैनिक कोरोना सङ्क्रमितको संख्या बढीरहेको र अर्घाखाँचीमा पनि समुदाय स्तरमा कोरोना सङ्क्रमित बढ्न लागेपछि लकडाउन थपिएको प्रशासनले जनाएको छ ।

Post Comment