बेलायतमा कैयौँ व्यक्तिमाथि चक्कु प्रहार, घटना रहस्यमय

बेलायतमा कैयौँ व्यक्तिमाथि चक्कु प्रहार, घटना रहस्यमय
समाज

काठमाण्डाै । बेलायतको बर्मिङ्घम सिटी सेन्टरमा ‘कैयाैँ व्यक्ति’ माथि चक्कु प्रहार भएको छ । स्थानीय प्रहरीले यसलाई ‘ठूलो घटना’ को संज्ञा दिएको छ ।

प्रहरीले कुनै आपराधिक घटनालाई ‘ठूलो घटना’ को संज्ञा दिनुको अर्थ गम्भीर क्षति भएको र आमनागरिकको सुरक्षामाथि खतरा रहेको बुझ्न सकिन्छ । यसका साथै प्रहरीले अत्यावश्यक व्यवस्था गर्छ र आपत्कालीन सेवालाई आफूसँग मिलेर काम गर्न आग्रह गर्छ।

यो आक्रमण कसले गराएको र आक्रमणमा कति जना, कुन हदसम्म घाइते भए भन्ने कुरा अहिलेसम्म थाहा भइसकेको छैन ।

वेस्ट मिडल्याण्ड प्रहरीले आइतबार रातको समयमा चक्कु प्रहारको घटनाको बारेमा जानकारी प्राप्त भएको जनाएको छ । प्रहरीका अनुसार ‘कैयौँ व्यक्तिमाथि चक्कु प्रहार भएको छ ।’

प्रहरीले भनेको छ, ‘घटनामा कैयौँ व्यक्ति घाइते भएको खबर प्राप्त गरेका छौँ तर कति जना घाइते भए र कस्तो अवस्था छ भन्ने स्थितिमा हामी छैनौँ ।’

प्रहरीले घटनास्थलमा आपत्कालीन सेवाको प्रबन्ध गरिएको र घाइतेहरुको उपचार सुरु गरिएको जानकारी दिएको छ ।

वेस्ट मिडल्याण्ड प्रहरीको तर्फबाट जारी विज्ञप्तिमा भनिएको छ, ‘खासमा के भएको हो भन्नेबारेमा अनुसन्धान भइरहेको छ । त्यसपछि मात्र हामी कुनै कुराको पुष्टि गर्न सक्छौँ ।’

प्रहरीले स्थानीयहरुलाई ‘शान्त र सतर्क’ रहनको लागि आग्रह गरेको छ

Post Comment