खोलाले र पहिरोले लियो तीन जनाको ज्यान

खोलाले र पहिरोले लियो तीन जनाको ज्यान
समाज

ताप्लेजुङ – ताप्लेजुङको सिरिजङ्घा गाउँपालिका वडा नम्बर ४ तेल्लोकमा पहिरोमा परेर २ जनाको ज्यान गएको छ  ।गएराति नागदेवा लघु जलविद्युत आयोजनाको पावरहाउससँगै पहिरोमा पुरिएका राजु लिम्बु र विष्णुदास थेवेको ज्यान गएको ताप्लेजुङका डीएसपी महेन्द्र श्रेष्ठले बताउनुभयो । सिरिजङ्घामा गएराति ठूलो पानी परेको र पहिरो जाँदा निकै परसम्मको जमिन पनि थर्किएको स्थानीयले बताएका छन् ।

ताप्लेजुङमै माछा मार्ने क्रममा खोलाले बगाएर एक जनाको ज्यान गएको छ, अर्का एक जना बेपत्ता भएका छन् । तावाखोलाले बगाएर सिदिङ्वा गाउँपालिका-७ का सूर्यमान लिम्बुको ज्यान गएको छ भने सुमन लिम्बू बेपत्ता भएका छन् ।

Post Comment