काठमाण्डौ उपत्यका प्रवेश गर्ने व्यक्तिले अनिवार्य रुपमा १४ दिन क्वारेन्टिनमा बस्नुपर्ने

काठमाण्डौ उपत्यका प्रवेश गर्ने व्यक्तिले अनिवार्य रुपमा १४ दिन क्वारेन्टिनमा बस्नुपर्ने
समाज

काठमाडौं । काठमाडौं उपत्यका प्रवेश गर्ने व्यक्तिले अनिवार्य रुपमा १४ दिन क्वारेन्टिनमा बस्नुपर्ने भएको छ।

स्वास्थ्य मन्त्रालयका अनुसार होम क्वारेन्टिनमा पनि बस्न सकिनेछ भने सरकारी क्वारेन्टिनमा बस्दा आफ्नै खर्चमा बस्नु पर्नेछ।

त्यसैगरी बिरामीको तत्काल शल्यक्रिया गर्नुपर्ने भए पीसीआर परीक्षणका लागि नमुना सङ्कलन गरी रिपोर्ट नपर्खिन र स्वास्थ्य मापदण्ड पालना गरी उपचार थाल्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले निर्देशन दिएको छ।

मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले उक्त निर्देशनलाई सबै अस्पताल तथा स्वास्थ्यकर्मीमा सर्कुलर गर्न आग्रह गरेका छन्।

यदि बिरामीले पीसीआर परीक्षणको कारण वा अन्य कारण उपचारमा ढिलाइ भई बिरामीको ज्यान गए कानुनअनुसार कारबाही हुने मन्त्रालयले जनाएको छ।

पछिल्लो समय पीसीआर रिपोर्ट नहुँदा इमर्जेन्सीमा अस्पताल पुगेका बिरामीले उपचार नपाउने गुनासा बढेको भन्दै त्यस्तो प्रवृत्ति रोक्न अस्पताललाई मन्त्रालयले निर्देशन दिएको छ।

Post Comment