मुग्लीन – नारायणघाट सडक बन्द

मुग्लीन – नारायणघाट सडक बन्द
समाज

काठमाण्डाै । पहिराे खसेपछि नारायणगढ-मुग्लिङ सडक बन्द भएको छ ।

चितवनको कालीखोलामा पहिरो खसेपछि बिहानैदेखि सडक बन्द रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले जनाएको छ । सडक बन्दपछि सयौँ गाडी रोकिएका छन् ।

ठूलो पहिरो झरेकाले सडक खुल्न समय लाग्ने प्रहरीले जनाएको छ । वर्षौँदेखि पहिरोका कारण प्रभावित हुँदै आएको यो सडक एसियाली विकास बैंकको सहयोगमा विस्तार भइसकेको छ । तर पनि पहिरोले दु:ख दिन छाडेको छैन ।

Post Comment